शुक्लागण्डकी नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शैक्षिक सत्र २०८१/०८२ मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि आवेदन माग गर्दै सूचना प्रकाशन गरेको छ ।
परीक्षा प्रणाली मार्फत छात्रवृत्ति कोटामा अध्ययन गर्नका लागी आवेदन पेश गर्नुका लागी मंगलबार नगरपालिकाले सूचना जारी गरेको हाे । नेपालभर बाट नगरपालिका भित्रका विद्यालयमा ११ कक्षामा अध्ययन गर्नका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । नगरपालिलका ११ कक्षामा भर्ना हुने विद्यार्थी सख्याका आधारमा संख्या एकीन गर्ने जनाएको छ ।