दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ सेरामा रहेको ज्ञान बगैचा इङ्लीस बोर्डिङ स्कुलमा राष्ट्रिय सेवा दलको तालिम सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने नाराका साथ नेपाली सेनाले एक सदय दिनको तालिम सुरु गरेको हो ।
कार्यक्रममा बोल्दै श्री ३. नम्बर बाहिनी अड्डाका गणपति प्रमुख सेनानी रवि खड्काले विद्यार्थीमा राष्ट्रिय एकताको भावना सिर्जना गर्न पनि राष्ट्रिय सेवा दलले सहयोग पु¥याउने बताए । साथै तालिमले युवालाई अनुशासित बनाउदै विपतको समयमा उद्धार तथा राहात कार्यमा स्वयम सेवकको भुमिका निर्वाह गर्न सक्ने जनशक्ति तयार हुने बताए ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले विद्यार्थीमा मानवताको भावना सिर्जना गर्न सहयोग पु¥याउने बताए । साथै उनले विद्यार्थीका लागि आवश्यक पर्ने सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै ज्ञानबगैचाका प्रधानाध्यापक सुरेश पैडेलले तालिम पश्चात सर्टिफिकेट मात्र नभई व्यवहारीक सीप सिक्नका लागि सहयोग पुग्ने बताए ।
नेपालमा वि.सं. २०२२ देखी सुरु भएको यस तालिममा हालसम्म सिनियर डिभिजनतर्फ १२ हजार ५१५ र जूनियर डिभिजनतर्फ ६१ हजार ९६५ जना गरी कुल ७४ हजार ४८० जना क्याडेट छात्रछात्राले सफलतापूर्वक राष्ट्रिय सेवा दलको तालिम पुरा गरीसकेको सेनानी मनोज सुवेदीले जानकारी दिए ।