दुलेगौंडा । यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसइइ) काे नतिजा सार्वजनिक भएको छ । परिक्षामा यस बर्ष ४७.८८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् भने ५२.१४ प्रतिशत अनुत्तीर्ण भएका छन् ।
यस बर्षकाे परिक्षामा १८६ जनाले ४.० जिपीए ल्याएका छन् ।
यस बर्ष २२१ जनाको परीक्षा रद्द भएको छ भने २,४२,०९२ को एनजी आएको छ । सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
२०८० सालकाे एसइइ परिक्षामा ४ लाख ६४ हजार ७८५ जनाले परीक्षा दिएका थिए ।