दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेकाे लायन्स क्लब अफ शुक्लागण्डकीकाे पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबका बर्ष २०२३/२४ का अध्यक्ष खुमबहादुर राइले बर्ष २०२४/२५ का अध्यक्ष विजयकुमार अर्याललाई पद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बाेल्दै बर्ष २०२४/२५ का अध्यक्ष अर्यालले आफ्नो कार्यकालमा वृक्षारोपण, रक्तदान कार्यक्रम, एकादशी मेलामा निशुल्क पानीको व्यवस्थापन, विद्यार्थीलाई पाेशाक र शैक्षिक सामग्री हस्तान्तरण, वक्तृत्वकला, साइबर सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।
कार्यक्रममा बाेल्दै लायन्सका डिपार्टमेन्ट हेड मीनबहादुर लामिछाने (बरदान) ले लायन्स बर्ष २०२३/२४ लाई शिखर पुर्याउने काम खुम राइ अध्यक्षकाे टिमले गरेको बताए । साथै आगामी दिनका पनि क्लबलाई उत्कृष्ट बनाएर अगाडि बढ्न बर्ष २०२४/२५ अध्यक्षलाई आग्रह गरे ।
क्लबकाे बर्ष २४/२५ काे अध्यक्षमा अर्याल सहित उपाध्यक्षमा ओेम कुमार श्रेष्ठ, सेकेन्ड भिपि सुरेन्द्रकुमार तामाङ, सचिव देवेन्द्र ढुङ्गाना, सहसचिव रमेश विक, काेषाध्यक्ष सुकनारायण श्रेष्ठ, सह काेषाध्यक्षमा बाेमबहादुर गमाल रहेका छन् ।
यसैगरी सदस्यहरूमा सुरेश पाैडेल, शरण सापकोटा, दिपेन्द्र रामदाम, रामकुमार श्रेष्ठ, सुमन थापा, पुष्पराज ढुङ्गाना चयन भएका छन् भने सल्लाहकारहरूमा प्रदिप मल्ल, बालकुमार वाग्ले, विनाेदकुमार अधिकारी, भक्त कुमार रामदाम, राम्जि तिमिल्सिना चयन भएका छन् । कार्यक्रममा कमलमाेहन घिमिरे र राजन श्रेष्ठ नयाँ सदस्यकाे रूपमा क्लबमा भित्रिएका छन् ।
अध्यक्ष राइकाे सभापतित्वमा सम्पन्न कार्यक्रम शुक्लागण्डकी-६ का अध्यक्ष बुद्धिबहादुर थापा, एमजेएफ लायन्स कृष्णप्रसाद पाैडेल, लायन्स शिव पाैडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा लायन्सका सेकेन्ड भिपि ओमकुमार श्रेष्ठले स्वागत मन्तव्य, बाेमबहादुर गमालले धन्यवाद मन्तव्य दिएका थिए भने देबेन्द्र ढुङ्गाना र सुमन सापकोटाले गरेका थिए ।