• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

विद्यालयमा स्वास्थ्य सिविर सम्पन्न

१३८ जना विद्यार्थीहरुको रक्त समुह पहिचान

सम्पादक by सम्पादक
June 14, 2024
in स्थानीय समाचार
A A
0
विद्यालयमा स्वास्थ्य सिविर सम्पन्न
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा। शुक्लागण्डकी नगरपालिका वडा नं. ९ मा अवस्थित तालवेसि माध्यमिक विद्यालयमा अध्ययनरत बिधार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । कार्यक्रममा कक्षा ८ देखि १० सम्म अध्ययनरत १३८ जना विद्यार्थीहरुको रक्त समुह पहिचान गरि प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

उद्घाटन सत्रमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले स्वास्थ्य नै धन भएको बताउँदै विद्यालयमै आयोजना गरिएको सिविरले विद्यार्थीहरुले भरपूर फाईदा लिन अनुरोध गरे । बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरि स्वास्थ्यमा आउन सक्ने सम्भावित समस्याहरुलाई समयमै समाधान होस् भन्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको  प्र.अ. ध्रुब क्षेत्रीले बताए ।

विद्यालयका शिक्षक सुवास चापागाईले शैक्षिक सत्रको सूरुमै विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्दा उनिहरुको बास्तविक अवस्था पनि थाहा हुने बताउँदै सिकाईमा समेत सहजिकरण गर्न सहजता हुने बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले सानो उमेरमा विशेषत नाक, कान र घाँटीको समस्या हुने, अभिभावकलाई आर्थिक समस्याको कारण अस्पताल सम्म गएर सामान्य स्वास्थ्य परिक्षण सम्म पनि गर्न नसक्ने अवस्था रहेको हुँदा ग्रामिण बालबालिकाहरु  यो सिविर महत्वपूर्ण रहेको बताए ।
ढोर फुलबारी सहिद अस्पतालका मेडिकल अधिकृत डा. विज्ञान क्षेत्रीले विद्यालय स्वास्थ्य कार्यक्रमले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य परिक्षण गरि आवश्यक सेवा निरन्तर दिने बताए । “समुदायका सवै बालबालिका विद्यालयमा आउने भएको हुँदा विद्यालय स्वास्थ्य कार्यक्रम आगामी आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाको अधिकांश विद्यालयमा लैजानुपर्छ ” उनले भने । उनले विद्यालयमा अध्ययनरत सवै विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरि आवश्यक औैषधि समेत वितरण गरेका थिए । जसमध्ये कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुमा दात र कानको समस्या धेरै रहेको थियो भने केहि विद्यार्थीहरुको थप जटिलता देखिएकाले अन्य अस्पतालमा समेत रेफर गरेको डा. क्षेत्रीले बताए ।

 कार्यक्रमा शुक्लागण्डकी नगरपालिका साँखे स्थित ढोर फुलबारी सहिद अस्पतालका डा. विज्ञान क्षेत्री सहित ८ जना स्वास्थ्य कर्मीहरुको उपस्थितिमा सिविर सम्पन्न भएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.