दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ वन्केवामा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड दुलेगौंडा शाखाले उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष सचिन भुजेलले कृषकलाई वडाबाट बीमाको लागि प्रदान गरिने अनुदान बारेमा स्पष्ट पादै कृषकको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।
नगर पशु सेवा शाखाका नायब प्राबिधिक ईश्वर रेग्मीले पशुधन बीमा गर्न प्राबिधिकको भुमिका एवं पशुलाइ खोप अनिवार्य गर्न कृषक जानकारी गराएका थिए ।
शाखा प्रमुख सुरज लम्सालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दमौली शाखा प्रमुख नवराज थापा , दुलेगौंडा शाखाका बजार ब्यवस्थापक नारायण ढकाल लगायतले बीमाको आवश्यकता एवं महत्त्वको बारे प्रकाश पारेका थिए । उक्त कार्यक्रममा वडाभित्रका स्थानिय वासिन्दा, कृषक, व्यावसायी तथा अन्य सरोकारवाला गरि १०० बढीको उपस्थिति थियो । उपस्थित सबैलाई कृषि तथा पशुधन बीमा , मोटर बीमा , सम्पत्ति बीमा , सामुहिक दुर्घटना बीमा को बारेमा जानकारी गराइएको थियो ।