दुलेगौंडा । यति ब्रुअरीद्वारा उत्पादित अर्ना ६.४ बियरकाे विक्री वितरण कार्य शुक्लागण्डकीमा सुरू भएको छ । नेपालको चर्चित ब्राण्डकाे रूपमा स्थापित यो बियर शुक्लागण्डकी साथै भिमाद र म्याग्देकालागि आधिकारिक विक्रेताकाे रूपमा शुक्लागण्डकी–५ बेलचौतारास्थित एमएस इन्टरप्राइजेज रहने छ ।
क्रिकेट प्रेमिकालागि समर्पित गरेर याे बियर बजारमा ल्याइएको क्षेत्रीय विक्री प्रवन्धक केदारराज गौलीले जानकारी दिए । उनका अनुसार नेपालको टि–२० क्रिकेट विश्वकप २०२४ को यात्रालाई उत्सव झैँ मनाउनका लागि यो बियर बजारमा ल्याइएको हो ।
एमएस इन्टरप्राइजेजका सञ्चालक सुजन कुमार श्रेष्ठले यो बियर यस क्षेत्रका तीन वटै पालिकाका प्रमुख मदिरा पसलमा उपलव्ध भइसकेको जानकारी दिए । उनले बियरको प्रचार प्रसारको काम पनि भइरहेको उल्लेख गरे । अर्ना ६.४ बियरमा पुलअफ क्यापसहित ३३० मिलिलिटर र ६५० मिलिलिटरको बोतलमा उपलब्ध रहेको छ । जसकाे अधिकतम खुद्रा विक्री मूल्य क्रमशः १७० र ३३० रूपैयाँ रहेकाे छ ।
यस वियरमा ६.४ प्रतिशत अल्कोहलको मात्रा रहेको छ। ‘छक्का चौका भनेको ६.४ प्रतिशत अल्कोहल हो,’ यती ब्रुअरी लिमिटेडले भनेको छ, ‘विषेश थप चाहिँ क्रिकेटको लागि समर्पित गरेर निकालिएको हो। त्यसले गर्दा मानिसहरुमाझ छक्का चौका भनेर पपुलर भएको छ।’ यति ब्रुअरीका ब्राण्डहरु अर्ना लाइट, अर्ना प्रिमियम, अर्ना स्ट्रङ, अर्ना ८, शिखर स्ट्रङ, यति ब्लण्ड बजारमा यसअघि नै आइसकेका र लोकप्रिय बनिसकेका छन् ।