दुलेगौडा । तनहुँ जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित पञ्चमुनिदेव माध्यमिक विद्यालयले विद्यालय भित्रका विद्यार्थीहरुविच गणित विषयक प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शन कार्यक्रम गरेको छ ।
विद्यार्थीमा गणित विषयसंग सम्बन्धीत प्रयोगात्मक सिपको विकास गर्न विद्याथी बिच नै शैक्षिक सामग्री निर्माण र प्रर्दशनी प्रतियोगिता आयोजना गरिएको गणित विषयका शिक्षक राजेन्द्र लम्सालले जानकारी दिए ।
प्रतियोगितामा कक्षा १० बी प्रथम, कक्षा ९ सी द्धितीय, कक्षा ९ ई तृतीय र कक्षा ८ र कक्षा ९ बी सान्त्वना भएको छ । यसैगरी आइसीटी पुरस्कार भने स्टिम क्लवले जितेको छ ।
शुक्रवार विद्यालय परिसरमा भएको प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शनीमा २९ समुहको सहभागिता रहेको थियो । पाठ्यक्रममा पढेको कुरालाई व्यवहारमा रूपान्तरण गर्न यस्ता कार्यक्रम विद्यार्थीका लागि ज्यादै उपयोगी हुने विद्यालयका प्रधानाध्यापक ध्रुव कुमार मल्ले बताए ।
तस्बिर : पञ्चमुनी फेसबुक पेजबाट