दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा शैक्षिक बहस कार्यक्रम सम्पनन भएको छ । नेपाल विद्यार्थी संघ तनहुँले शुक्लागण्डकी नगरपालिकाको शैक्षिक अवस्था एवम् वर्तमान राजनीतिक अवस्थाबारे उक्त वृहत शैक्षिक वहस भएको थियो ।
शैक्षिक बहस कार्यक्रममा विभिन्न सामुदायक तथा संस्थागत विद्यालयका विद्यार्थीले नगरेको शिक्षा सम्बन्धी देखिएका चुनौति, सम्भावना र भावि योजना बारेमा आ–आफ्नो विचार प्रस्ततु गरेका थिए भने गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री जितप्रकाश आले, गण्डकी प्रदेशका सभा सदस्य डिल्लीराम सुवेदी, नगरप्रमुख कृष्णराज पण्डित, उपप्रम्ख खुमबहादुर विक (राजु), प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे, शिक्षा शाखाका अधिकृत शुसील नराल लगायतले विद्यार्थीका प्रश्नको जवाफ दिएका थिए । यसैगरी नेपाली कांग्रेसका नगर उपसभापति कृष्ण रेग्मी र नेकपा एमालेका नगर प्रतिनिधि धनेश्वर श्रेष्ठ पनि राजनीतिक क्षेत्रको विषयमा सोधिएका प्रश्नको जवाफ दिएका थिए ।
नेवि संघका सभापति सुरज लम्सालले विद्यार्थीको हक अधिकार स्थापनाका निम्ति आफु र आफ्नो संगठन सधै तयार रहेको बताए । साथै विद्यार्थीलाई शैक्षिक क्षेत्रमा देखिएका समास्या समाधान गर्न पनि अग्रसर हुने बताए ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो । शैक्षिक बहस कार्यक्रममा सहजकर्ताको रुपमा शुक्ला न्यूजका सम्पादक हरि खरेलले सहजिकरण गरेका थिए ।
कार्यक्रममा नै त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको बिबिएस् प्रथम बर्षको परिक्षामा गण्डकी प्रदेशमै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारा तनहुँकी रुचि कार्कीलाई सम्मान समेत गरेको थियो ।