दुलेगौंडा । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको बिबिएस् प्रथम बर्षको परिक्षामा उमेश कटुवालले गण्डकी प्रदेशमा दोस्रो स्थान हासिल गरेका छन् ।
कटुवालले २०७९ सालमा भएको परीक्षा ७७.६ प्रतिशत ल्याउदै कास्की जिल्लामा प्रथम र गण्डकी प्रदेशमा द्धितीय स्थान हासिल गरेको जनप्रिय बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले दाबी गरे ।
कटुवालले एकाउन्टमा ८१, अर्थशास्त्रमा ७५, अङ्ग्रेजी ७५, पि.एम मा ७५ र बिजनेसमा ८२ अङ्क प्राप्त गरेका थिए ।