काेत्रे । पछिल्लो समय युवाहरू बारिष्टा तालिममा आकर्षित हुन थालेका छन् । स्थानीय बजारमा कफिकाे माग बढेसंगै युवाहरूले कफी बनाउने तालिम अर्थात बारिष्टा सिक्न लागेका हुन् । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ काेत्रेमा पनि १५ दिने बारिष्टा तालिम भईरहेकाे छ ।
शुक्लागण्डकी-२ काेत्रेका आनन्द खनालकाे चिया पसल पनि छ । चिया पसलमा कफीको माग बढी हुने हुदाँ आफु पनि तालिम सहभागी भएको बताए । साथै उनले अब चाडै मेसिन खरिद गरेर यस व्यवसायलाई अगाडि बढाउने साेच रहेको बताए ।
यसैगरी तालिममा सहभागी मनिता गुरूङ कफी बनाउने सीप सिकेर देशमा नै आत्मनिर्भर हुने साेच राखेकी छिन् । यदी देशमा केही गर्न नसके विदेशमा गएर पनि सीप प्रदर्शन गरेर राेजगारी बन्ने बताइन् । आफ्नो क्षेत्रमा कफी वा क्याफे नरहेकाे हुदाँ सानाे मेसिन राखेर कफीसफ खाेल्न साक्ने प्रशिक्षार्थी राेसन गुरूङले बताए ।
पुष्पाञ्जली पाेलिटेक्निक इन्स्टिच्यूटका प्रबन्धक कृष्णप्रसाद रेग्मीले तालिमाबाट उत्पादित जनशक्तिलाई सेवा गर्ने अवसर पनि मिलाइदिने बताए ।
शुक्लागण्डकी नगरपालिका २ नम्बर वडा कार्यालयकाे आर्थिक सहयोग, पर्यटन तथा उद्याेग कार्यालय तनहुँकाे सहयाेगमा र पुष्पाञ्जली पाेलिटेक्निक इन्स्टिच्यूटकाे प्राविधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हाे । तालिममा ४५ जना सहभागी भएका रहेका छन् ।