दुलेगौंडा । पछिल्लो समय ६ बर्षदेखि ८ बर्षसम्मका बालबालिकालाई देशव्यापी रूपमा आई.पि.भी खाेप दिइएको छ । शुक्लागण्डकी नगरपालिकामा पनि स्वास्थ्यकर्मीले विद्यालयमा पुगेर बालबालिकालाई आइ.भि.पि खाेप दिइरहेका छन् ।
पोलियोविरुद्धको यस आई.पि.भी खाेप शुक्लागण्डकी नगरपालिका भित्रका करिब २ हजार २७१ जनालाई प्रदान गरिने शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिवि थापाले बताए । उनका अनुसार विद्यालयलाई नै खाेप केन्द्र बनाएर २०७३ वैशाख देखि २०७५ असाेज सम्म जन्मेका बालबालिकालाई खाेप दिएको छ । खाेप लिनबाट बञ्चित बालबालिकालाई २७ गते नजिकैको स्वास्थ्य संस्थामा गएर लिन सकिने स्वास्थ्य शाखा प्रमुख थापाले बताए ।
हालसम्म शुक्लागण्डकीका १ हजार ५७० जनालाई उक्त खाेप दिएको छ । दुई दिनमा नै लक्ष्यकाे ६९.१ प्रतिशत बालबालिका खाेप दिएको छ ।