दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको माध्यमिक विद्यालय स्तरीय विषयगत हाजिरीजवाफ प्रतियोगितामा नेपाल पुलिस स्कुलकाे विद्यार्थी समूह प्रथम भएको छ । प्रथम भएसंगै विद्यार्थीहरूले नगद ८ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन्।
यसैगरी प्रतियोगितामा तालबेसी माध्यमिक विद्यालय द्धितीय र जनकल्याण माध्यमिक विद्यालय तृतीय भएको छ । द्धितीय र तृतीय हुनेलाई क्रमशः ६ हजार, ५ हजार साथमा प्रमाणपत्र पत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा विजेतालाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे, शिक्षा शाखा प्रमुख नवराज चापागाईं, शिक्षा शाखाका अधिकृत सुनिल नराल लगायतको पुरस्कार वितरण गरेका थिए ।