दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-१० ले यस बर्ष “एक घर, दस कफीको बिरुवा” लगाउने अभियान सुरु गर्ने भएको छ ।
आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यवसायीक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागीएको हो । १ हजार १५५ घरधुरी रहेको यस वडामा यस आर्थिक बर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागीएको हो ।
युवा संग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यवसायीक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफिको पकेट वडाको रुपमा बिकास गर्न लागीएको वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले बताउनु भयो । स्थानीय बजार देखि अन्तर्राष्ट्रिय बजार सम्म नेपाली कफीको अत्याधिक माग भएको र बादर लगायत बन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानिय किसानहरु व्यवसायीक कफी खेती गर्न इच्छूक देखीएको वडा अध्यक्ष भट्टराईले बताए ।
कफीको बिरुवा ५०% अनुदानमा किसानलाइ उपलब्ध गरिनेछ भने किसानलाइ प्रबिधि बिस्तार र बजारीकरणको जिम्मा कृष्मी बहुउद्देश्यीय सहकारी संस्था संग समन्वय गरिनेछ । शुक्लागण्डकी नगरपालिकाको युवा संग उपप्रमुख कार्यक्रम र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यवसायीक अदुवा खेती अभियान समेत सन्चालन गरिएको थियो । बढ्दो बसाइँसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेती योग्य जमिन बाझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा समेत टेवा पुग्नेछ ।