दुलेगौंडा । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा जेठ २१ गते शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाका मेयर कृष्णराज पण्डितले नगरपालिका भित्र रहेका सम्पूर्ण समुदायले जातीय विभेद हटाउने र सामाजिक सद्भाव कायम गर्ने कार्यक्रम सञ्चालन गरी सामाजिक एकताको सन्देश दिन आग्रह गरे ।
दिवसको दिन नगरभित्र रहेका वडा कार्यालय, सेवा प्रवाह केन्द्र, स्वास्थ्य संस्था, विद्यालय, नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संघ संस्था आदिलाई सार्वजनिक विदा दिएको हाे ।