दुलेगौंडा । शुक्लागण्डकी र भिमाद नगरपालिका भित्र रहेका लायन्स क्लबले एक दिने नि:शुल्क प्राथमिक उपचार तालिम दिने भएको छ । लायन्सले `प्राथमिक उपचार हाम्रो सरोकार एक घर एक प्राथमिक उपचार´ भन्ने नाराकाे साथ उक्त तालिम सञ्चालन गर्न लागेको हाे ।
मानिसलाई अकालमा मृत्युबाट बचाउनका लागि यश तालिमको आयाेजना गर्न लागेको लायन्सका डिपार्टमेन्ट हेड मिन बहादुर लामिछाने बताए । प्राथमिक तालिम आफुले पनि सिक्ने र अरूलाई पनि सिकाउने याेजना रहेकाे लामिछानेले बताए ।
कार्यक्रम भिमाद नगरपालिकाकाे सभाहलमा जेठ १८ गते र शुक्लागण्डकी नगरपालिकाकाे हलमा जेठ १९ गते सञ्चालन हुने लायन्सका जाेन चियर पर्सन सुमन सापकोटाले बताए । तालिमकाे मुख्य प्रशिक्षककाे रूपमा याेगदान राष्ट्रका लागिकाे केन्द्रीय अध्यक्ष एवम् अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती रहने छन् । तालिममा आम सर्वसाधारण जाे काेही पनि सहभागी हुने पाउने सापकोटाले बताए ।
तालिम लायन्स क्लब अफ शुक्लागण्डकी, लायन्स क्लब अफ भिमाद ग्रिन सिटी, लायन्स क्लब अफ भिमाद ग्रिन भ्याली, लायन्स क्लब अफ बेलचाैतारा टाउन, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउन र लायन्स क्लब अफ दुलेगौंडा खैरेनीटार सिटीकाे संयुक्त आयाेजनामा हुने छ ।