दुलेगौंडा । श्री न ३ राजदल गण खैरेनीटारले सरस्वती नमुना माध्यमिक विद्यालयमा रहेका विद्यार्थीका लागि विपत व्यवस्थापन र प्राथमिक उपचार सम्वन्धि व्यवहारिक सीप प्रदान गरिएको छ ।
विपतको समयमा स्थानीय स्तरमा रहेका वस्तुको प्रयोग गरि विपत व्यवस्थापन गर्न व्यवहारीक सीप सिकाईएको सेनानि मनोज सुवेदीले बताए । उनका अनुसार मन्सुनजन्य विपतमा स्थानीय स्रोत सामग्रीको प्रयोग कसरी गर्ने, विपतको समयमा डोरीको प्रयोग कसरी गर्ने र विपतमा प्राथमिक उपचार कसरी गर्ने भनेर प्रशिक्षण गराइएको थियो ।
तालिममा विद्यालयका प्रधानाध्यापक नारायण पौडेल, सहायक प्रधानाध्यापक सञ्जिव श्रेष्ठ लगायत विद्यार्थी र शिक्षकको उपस्थिती रहेको थियो ।