दुलेगौंडा । नेकपा माओबादी केन्द्र निकट नेपाल राष्ट्रिय इन्जिनियर संगठन (निओन) को गण्डकी प्रदेशको अध्यक्षमा ई.अनिस ढकाल चयन भएका हुन् । निओनकाे प्रथम गण्डकी प्रदेश सम्मेलनबाट अध्यक्षमा ढकाल सहित २९ सदस्यीय कार्यसमिति चयन गरेको हाे ।
समितिकाे उपाध्याक्षमा ई. प्रदिप न्यौपाने, ई. संजय सुबेदी, ई. सोवित श्रेष्ठ चयन भएका छन् । यसैगरी साचिबमा ई. मदन पहारी, सह सचिब ई. शशी कुमार भुजेल, सह सचिबमा नै ई. इश्वोर भण्डारी र कोषाध्यक्षमा ई. कल्पना पण्डित चयन भएका छन् ।
गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमान उपस्थिति उक्त समिति चयन गरिएको हाे ।
अध्यक्ष ढकाल शुक्लागण्डकी नगरपालिका-२ गाछेपानी निवासी हुन् । उनी हाल नेकापा माओबादी केन्द्र शुक्लागण्डकी नगर कमिटिकाे सह- सचिब पदमा पनि रहेका छन् ।