दुलेगौंडा । पर्यटकीय स्थलको रूपमा विकास भएको शुक्लागण्डकी नगरपालिका–८ मा रहेको एक्ले डाँडामा बुद्धको प्रतिमा स्थापनाका गर्नका लागि शिलान्यास गरिएको छ । सोमबार खेन रेन्पोछे डा. शिर लामा गुरूले मुर्ति स्थापनाको लागि शिलान्यास गरेकन हुन् ।
बौद्ध मार्गीलाई मात्र नभइ गैह्र बौद्ध मार्गीलाइ पनि एकै ठाउँमा उभ्भिने थलोको रूपमा एक्ले डाँडा स्थापित हुने खेन रेन्पोछे डा. शिर लामा गुरूले बताए । उनका अनुसार समाज र समुदायमा हुने विसंगति, विकृतिलाई निराकरण गर्नुका लागि बुद्धको प्रतिमाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने छ ।
एक्ले डाँडामा विगतदेखि नै बौद्ध धर्मावलम्बीले अनौपचारीक रूपमा पुजा गर्दै आएको थलो रहेको गुरुङ मगर साँस्कृतिक एकता समाजका अध्यक्ष मनराज गुरूङले बताए । एक्ले डाँडालाइ धार्मिक एवम् पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नका निम्ति बुद्धको प्रतिमा स्थापना गर्न लागिएको उनको भनाइ छ । मुर्ति एक बर्ष भित्र नै स्थापना गर्ने लक्ष्य रहेको छ ।
एक्ले डाँडामा २९ फिट अग्लो बुद्धको प्रतिमा निर्माण हुने छ । मुर्ति निर्माणको लागी १ करोड लाग्ने अनुमान गरिएको छ । मुर्ति निर्माणका लागि आवश्यक रकम गुरुङ मगर साँस्कृतिक एकता समाज संकलन गर्ने भएको छ ।