दुलेगौंडा । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत रहेर शुक्लागण्डकी-७ भाेटेपानीका महिलाहरूका निम्ति साबुन बनाउने दिएको थियो । उक्त तालिम साेमबार एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ।
तालिममा सिकेका सीपलाइ व्यवहारमा लागू गर्दै आफू लगायत समूह नै स्वराेजगरीकाे बाटोमा अघि बढ्ने तालिममा सहभागी गाैमाया रानाले बताइन् । हातले साबुन बनाउदा ताैल र आकारमा समानता नरहेको हुदाँ नगरपालिकालाई मेसिन उपलब्ध गराईदिन आग्रह गरिन् ।
यसैगरी तालिममा सहभागी शान्ति गुरूङले आफुहरू व्यवसायीक रूपमा नै साबुन उत्पादन गर्न सक्ने रहेको बताइन् । आफुहरूले उत्पादन गरेको साबुनलाई बजारीकरण गर्न गाह्रो हुने हुदाँ नगरले स्थानीय उत्पादनको प्रयोगमा जोड दिने कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् ।
नगरपालिकाका मेयर कृष्णराज पण्डितले सीपलाइ व्यवसायसंग जाेड्न आवश्यक रहेकाे बताए । साथै समुहलाई आवश्यक मेसिन खरिद र बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्ध पनि व्यक्त गरे ।
शुक्लागण्डकी नगरपालिका-७ काे वडाध्यक्ष खड्क सिँ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरप्रमुख पण्डित, सामाजिक विकास शाखा प्रमुख युवराज पाैडेल, वडा सदस्य गिरबहादुर थापा लगायतको उपस्थिति रहेको थियाे ।
१९ जना सहभागी रहेकाे तालिममा प्रशिक्षककाे रूपमा कल्याणी खरेल र सुशीला पन्त रहेका थिए । तालिम २ गतेदेखी ७ गतेसम्म सञ्चालन भएको थियो ।