दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेको शुक्लागण्डकी जेसिजले शुक्लागण्डकी नगरपालिका-३ भित्र रहेका टाेल विकास समितिका प्रतिनिधिलाई नियमित वैठक सञ्चालन विधि र नेतृत्व विकास तालिम दिएको छ ।
क्लबले बार्षिक कार्यक्रम अन्तर्गत रहेर वडा भित्रका टाेल विकास समितिका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई उक्त तालिम दिएको जेसिजका अध्यक्ष रमेश भण्डारीले बताए । `अझैसम्म पनि कतिपय टाेलका प्रतिनिधिसंग नेतृत्व क्षमता साथै वैठक सञ्चालन गर्ने तरिका थाहा छैन् । जस कारण टाेलहरूले साेचे अनुरूप काम गर्न सकेको छैन् । त्यसैले जेसिजबाट यस कार्यक्रम गरिएको हाे´ उनले भने ।
तालिममा प्रशिक्षकको रूपमा पाेखरा जेसिजकाे निवर्तमान अध्यक्ष गणेश गिरी र शुक्लागण्डकी जेसिजका पूर्व अध्यक्ष समुन्द्रराम श्रेष्ठ र नवराज लामिछाने रहने छन् ।
क्लबका अध्यक्ष भण्डारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-३ का वडाध्यक्ष सचिन भुजेल, क्लबका पूर्व अध्यक्ष सुजन श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, मदन श्रेष्ठ, उपाध्यक्ष भीष्म श्रेष्ठ लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रम संयाेजककाे रूपमा प्रकाश विक रहेका थिए भने महासचिव सुरज लम्साल लगायतकाे उपस्थिति रहेको थियाे ।