दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी-४ दुलेगौंडा स्थित मस्जिद अगाडि निर्माणाधीन अवस्थामा रहेको डाइभर्सनमा बाईक खसेर दुर्घटना भएको छ ।
मुग्लिन पाेखर सडकको पश्चिमी खण्डमा काम गरेको अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले बाटाेमा डाईभर्सन निर्माण गर्ने क्रममा कुनै बार नलगाउदा उक्त स्थानमा बाईक खस्न गई दुर्घटना भएको हाे ।
दमाैलीदेखि गगनगाैडा जादै गरेकाे बाईकमा सवार दुई जना मध्य एक जनालाई सामान्य चाेट लागेको छ भने एक जना गम्भीर घाइते भएको स्थानीय सञ्जय तिमिल्सिनाले जानकारी दिए । घाइतेको पहिचान हुन बाकी नै छ । हाल उनिहरूलाई उपचारको लागि जीपि काेईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएको छ। तिमिल्सिनाका अनुसार निर्माण पक्षले स्पष्ट संकेत नगरी लापरबाही तरिकाले काम गर्दा याे दुर्घटना हुन पुगेको हाे ।