दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ नर्सरीमा रहेको श्रमिक आधारभूत विद्यालयकाे २६ बार्षिकाेत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रमका विच सम्पन्न भएको छ ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिका-२ का वडाध्यक्ष सुमनबहादुर राना मगरले भाैतिक र शैक्षिक क्षेत्रमा विद्यालयले विस्तारै बामे सर्दै अगाडि बढेको बताए । उनले विद्यालय भवनमा रहेका जस्तापाता हटाउने विषयमा अग्रसर रहने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरप्रसाद आचार्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य एवम् कार्यपालिका सदस्य रिता नेपाली, विद्यालयका पुस्तकालय संरक्षक रामचन्द्र खनाल, आजीवन शैक्षिक पुरस्कारदाता खेमराज खनाल, शिक्षक अभिभावक संघका अध्यक्ष गाेमाया थापा लगायतले बाेलेका थिए । विद्यालयका प्रधानाध्यापक केशरराज पाैडेलले विद्यायकाे बार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियाे भए शिक्षक राधा काफ्लेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
बार्षिकाेत्सव कार्यक्रम खेलकुद र शैक्षिक क्षेत्रमा अब्बल विद्यार्थी सम्मान गरिएको थियाे । ८ कक्षासम्म पढाइ हुने यस विद्यालयमा हाल ८६ जना विद्यार्थी रहेका छन् ।