दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिकाकाे मुख्य गेटमा अज्ञात समुहले रचनात्मक विद्राेह गरेका छन् ।
मुल गेटामा सेते पेपरमा `प्रदुषण मुक्त शुक्ला कति राम्रो हाेला, स्वच्छ हावामा सास फेर्न देउ, वायु प्रदुषण हाे एक राेग-यसले ल्याउछ भनेको शाेम´ जस्ता विषय उल्लेख गर्दै विद्राेह गरेको देखिन्छ ।
पृथ्वी राजमार्गकाे दुलेगौंडा खण्डको सडक निमार्ण कार्य अगाडि बढ्न नसकेपछि अहिले बजारमा धुलाेले स्थानीय आजित भएका छन् । यही विषयलाई लिएर अज्ञात व्यक्तिहरूले यस्तो कार्य गरेको हुन सक्ने नगरपालिकाले जनाएको छ ।
विद्राेह पछि नगरपालिकाका मेयरका स्वकीय सचिव त्रिलाेचन लम्साल विद्रोहकाे सकारात्मक टिप्पणी गर्दै निर्माण कार्य अगाडि बढाउन नसक्नु नगरपालिका पनि जिम्मेवार रहेकाे साथै काम गर्ने सहज वातावरण बनाउने केही स्थानीय पनि जिम्मेवार वन्नुपर्ने बताएका छन् । ` म पनि शुक्लागण्डकी नगरपालिकासंग जोडिएको भएर केहि जिम्मेवार छु । निर्माण कार्य रोकिनुको मुख्य कारण विद्युत लाईन हो र विद्युत लाईन सार्न अबरोध गर्ने राजमार्गको अधिकार क्षेत्रमा बनेको संरचना नहटाउने पनि जिम्मेवार हुनुहुन्छ त्यसैले सबैले आफ्नो जिम्मेवारी मनन गरौ´ उनले भने ।