दुलेगौंडा । लायन्स क्लब अफ तनहुँ म्याग्देको अध्यक्षमा पशुपति अर्याल निर्वाचित भएका छन् । क्लबको पाँचौं अधिवेशनले अर्याललाई लायन्स बर्ष २०२४/२५ को निम्ती अध्यक्ष पदमा निर्वाचित गराएको हो ।
समितिको प्रथम उपाध्यक्षमा सन्जिव घिमिरे, द्धितिय उपाध्यक्षमा पोष्टमान श्रेष्ठ, तृतिय उपाध्यक्षमा तेज कुमारी श्रेष्ठ, सचिवमा सुदर्शन अधिकारी र कोषध्यक्षमा नुक्त भुजेल निर्वाचित भएका छन् ।
क्ल्बका अन्य सदस्य भने पहिलो बैठकले टुङ्गो लगाउने क्लबका निर्वाचित अध्यक्ष पशुपति अर्यालले बताए ।