दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-७ मा २० दिने नि:शुल्क वारिष्टा तालिम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रशिक्षार्थी विदुर पाैडेलले सीप नहुदाँ बेरोजगारी बन्नु परेका युवालाई राेजगारी बनाउन यस तालिम सहयाेग गरेको बताए । `हामी युवाहरू अझै अन्धकारमा थियौ, यस तालिमले केही उज्यालो बाटाेमा हिड्न प्रेरित गरेको छ´ उनले भने ।
यसैगरी कार्यक्रममा बाेल्दै प्रशिक्षार्थी एलिसा ढकालले अब व्यवसायी रूपमा तालिममा सिकेको सीप प्रयाेग गर्ने बताए । साथै उनले सबैलाई तालिमको सीपलाइ व्यवहारमा लागू गर्न आग्रह गरिन ।
शुक्लागण्डकी नगरपालिका-७ का वडाध्यक्ष खड्क सिं थापाकाे सभापतित्वमा सम्पन्न कार्यक्रम सुर्य नेपाल प्रालिका व्यवस्थापक बाबुराम कार्की, म्याग्दे गाँउपालिकन-६ का वडाध्यक्ष हिरालाल गुरूङ, पुष्पाञ्जली पाे कृष्ण रेग्मी, कुष्मावति आधारभूत विद्यालयका प्रधानाध्यापक सीता गिरी लगायतले बाेलेका थिए । कार्यक्रम वडा सदस्य एवम् कार्यक्रम संयाेजक राजबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने वडा सचिव सुस्मा गाैतमले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
काठमाडौ वारिष्टा स्कुलका शिक्षक जगत पुन मगर प्रशिक्षककाे भुमिका निर्वाह गरेका थिए । तालिममा शुक्लागण्डकी-७ र म्याग्दे गाउँपालिका-६ का १४६ जना युवाहरू सहभागी रहेका थिए । शुक्लागण्डकी-७ काे आयाेजना, सुर्य नेपाल प्रालिको आर्थिक सहयाेग र पुष्पाञ्जलि पाेलिटेक्निस इन्स्टिच्यूट प्रालिकाे प्रविधि सहयाेगमा तालिम सञ्चालन भएको थियाे ।