तनहुँ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा ४ हजार ४६२ जना शिक्षकको लागि विज्ञापन खुलाएको छ । आयोगले शनिबार विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।
सबैभन्दा धेरै बागमती प्रदेशमा ११०३, कोशीमा १०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आवेदन खुलेको ५ ।
गण्डकी प्रदेशको तनहुँ जिल्लाका लागि १७२ जना शिक्षकको लागि विज्ञापन खुलाएको छ । जहाँ खुलामा ९५ जना, महिलामा २४ जना, दलित महिलामा १ जना, दलितमा ७ जना, आदिवासी जनजातीमा २१ जना, पिछडिएको क्षेत्र र तराई(मधेशमा बसोबास गर्ने मधेशीमा १७ जना, अपाङ्गता ४ र पिछडिएका क्षेत्रबाट १ जना गरि १७२ जनाको लागि विज्ञापन खुलाईएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीबाट जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुरमा भने २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।