दुलेगौंडा । तनहुँको शुकलागण्डकी नगरपालिका–७ स्याउली बजार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १७१ जना महिलाहरूको पाठेघरको जाँच गरिएको छ।
वडाभित्रका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको शिविरमा २ जनामा महिलाको पाठेघरमा प्रारम्भिक समस्या देखिएको हुदाँ थप उपचारका लागि सुझाव दिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. अस्मिता पाठकले बताईन। शिविरमा ११८ जनालाई सामान्य औषधी वितरण गरिएको छ भने ५१ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
वडा भित्रका विपन्न वर्गलाई स्वास्थ्य सेवामा पहुँच पुराउन शिविर आयोजना गरिएको वडाध्यक्ष खड्क सिं थापाले बताए । शिविरमा वडा भित्रका धेरैजसो महिलाहरु सहभागि भएको हुदाँ कार्यक्रमले पूर्णता पाएको समेत बताए । महिलाहरुमा प्राय पाठेघर सम्बन्धी रोग बढी हुने हुदाँ बेलैमा सचेत रहन आग्रह समेत गरे ।
शुक्लागण्डकी नगरपालिक ७ नम्बर वडा कार्यालयले उक्त शिविरको आयोजना गरेको हो । शिविरमा पाठेघरको चेकजाँच सहित भिडियो एक्सरे, प्रेसर, सुगर लगायत स्वास्थ्य परिक्षण गरिएको थियो ।