दुलेगौंडा । तनहुँको शुकलागण्डकी नगरपालिका–७ स्याउलीबजार आधारभूत स्वास्थ्य सेवा केन्द्र (पुरानो वडा कार्यालय भवन) मा यही शुक्रबार अर्थात वैशाख १४ गते नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । शुक्लागण्डकी नगरपालिक ७ नम्बर वडा कार्यालयले उक्त शिविरको आयोजना गरेको हो ।
महिला लक्षित कार्यक्रम अन्र्तगत रहेर वडाले विशषज्ञ डाक्टर सहितको उपस्थितीमा निशुल्क स्वास्थ्य शिविर गर्न लागेको वडाध्यक्ष खड्क सिं थापाले बताए । उनका अनुसार महिलाहरुमा प्राय पाठेघर सम्बन्धी रोग बढी हुने हुदाँ मुख्य गरि पाठेघरको जाँच गराईने थापाको भनाई छ । यस शिविरमा ७ नम्बर वडा मात्र नभई छिमेकी वडाका नागरिकले पनि आफ्नो स्वास्थ्य परिक्षण गराउन सक्ने वडाध्यक्ष थापाले बताए ।
स्वास्थ्य शिविरमा महिलाको पाठेघरको चेकजाँच सहित भिडियो एक्सरे, प्रेसर, सुगर लगायत स्वास्थ्य परिक्षण हुने छ ।