तनहुँ। सरकारले बालबालिकाहरुका लागि सञ्चालन गरेको राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि सुरु भएको छ । भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।
बिहीबार र शुक्रबार दुई दिनसम्म बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । भिटामिन ‘ए’ कार्यक्रमका लागि ५५ हजार स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहने छ ।