दुलेगौंडा । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति तनहुँले जिल्ला भित्रका सम्पूर्ण विद्यालयमा नैतिक शिक्षा विषय लागु गराउन पालिकालाई अनुरोध गरेको छ ।
पछिल्लो समय हत्या, हिंसा, बलत्कार, चोरी लगायतका अपराधिक गतिविधि बढ्न गई मानिसहरुमा नैतिकता हराउदै गएको हुदाँ नैतिक शिक्षा विषय लागु गर्न पालिकालाई अनुरोध गरेको संघका अध्यक्ष सुरज लम्सालले बताए । यस विषयले विद्यालय शिक्षादेखि नै बालबालिकालाई अनुशासित एवम् नैतिकवान् बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने लम्सालको भनाई छ ।
संघले हालसम्म जिल्लाका शुक्लागण्डकी नगरपालिका,भानु नगरपालिका, भिमाद नगरपालिका, आबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा नैतिक शिक्षा बिषा लागू गर्नका निम्ति ज्ञापन पत्र बुझाईसकेको छ भने अन्य पालिकामा पनि बुझाउने तयारी भईरहेको लम्सालले बताए ।