हरि खरेल/दुलेगौँडा । विश्वकै दुर्लभ रोग स्पाइनल मस्कुलर एट्रोफी (एसएमए) बाट ग्रसित तनहुँको शुकलागण्डकी–५ गल्छिनाका ९ महिने बालक उस्मान अलीको उपचारका लागि आर्थिक सहयोगहरु जुट्नेक्रम जारी छ ।
उस्मानको उपचारका लागि हालसम्म ३१ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको उनका बुबा मुवारक अलीले जानकारी दिए ।उनले उस्मानलाई चाँडो भन्दा चाँडो स्पाइनल मस्कुलर एट्रोफी रोगको उपचार हुने देशमा लानुपर्ने भएकाले थप सहयोगको आवश्यक परेको हुदाँ सवैसंग सहयोगको अपिल गरेका छन् ।
हाल उस्मानलाई काठमाण्डौँस्थित बालमैत्री अस्पतालमा डाक्टरको हेरचाहा तथा रेखदेखमा राखिएको छ ।उनको उपचारको लागि करिब २६ करोड रुपैयाँ लाग्ने भएको छ । यो रोग निदानका लागि जोल्जेन्स्मा नामक औषधि दिइने छ । जुन निकै महङ्गो पर्ने चिकित्सकहरु बताउँछन् ।