दुलेगौंडा । पञ्चमुनी देव माध्यमिक विद्यालयले आयाेजना गरेको प्रथम पञ्चमुनिदेव एसइइ कपकाे फाइनलमा जनप्रेमी माध्यमिक विद्यालय र अमरज्याेती माध्यमिक विद्यालय पुगेको छ ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जनप्रेमीले आधारभूत माध्यमिक विद्यालयलाई २-० काे साेझाे सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हाे । जहाँ जनप्रेमीले २५-१३ र २५-१४ काे अन्तरमा पराजित गरेको थियाे ।
यसैगरी दाेस्राे सेमिफाइनल खेलमा अमरज्याेती माध्यमिक विद्यालयले धर्म माध्यमिक विद्यालयलाई २-० काे सेटमा पराजित गरेको थियाे । जहाँ अमरज्याेतीले धर्मलाई २५-२० र २५-२३ काे अन्तरमा पराजित गरेको थियाे ।
प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार र द्धितीय हुनेले नगद २० हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट लिप्टर र बेष्ट स्पनइकरलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताकाे फाइनल खेल शुक्रबार विहान ७ बजे सुरू हुनेछ । खेलकाे लाईभ शुक्ला न्यूजबाट हुनेछ ।