दुलेगौंडा । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नं. २ का सभापति चुडामणि खनालले आफ्नो ४१ औं जन्मदिनको अवसरमा शुक्लागण्डकी नगरपालिका–२ मा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा रहेको वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई फलफूल र पछ्यउरा दिई जन्मदिन मनाएका छन् ।
आफुले सानो उमेरमा नै आमा गुमाउनुपरेको हुदाँ जन्मदिने आमाको सम्झनामा वृद्धाश्रममा रहेका वृद्ध बाआमालाई आफुले सक्ने सहयोग गरेको उनको भनाई छ । हरेक सन्तानका लागि बुबाआमा देवतातुल्य हुने हुदाँ आमा बुबाको सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।
मुक्तिनाथ च्यवन धाम वृद्धाश्रममा हाल ८ जना जेष्ठ नागरिक रहेका छन् ।