दुलेगौंडा । लियो क्लब अफ खैरेनिटार–दुलेगौंडा मन्त्रले नेपालीहरुको नयाँ बर्ष २०८१ को अवसरमा चौथो लियो मिनि म्याराथन आयोजना गर्ने भएको छ । मिनि म्याराथन नयाँ बर्षको दिन खैरेनिटारदेखि ७.२ किलोमिटर पूर्वतर्फ तिनखोले मन्दिर सम्म हुनेछ ।
दौडको माध्यमबाट धार्मीक एवम् पर्यटकीय क्षेत्र तिनखोले मन्दिरको प्रचार प्रसारमा सहयोग पु¥याउनुका साथै आम नागरिकलाई दौडको महत्व बुझाउन प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष निरञ्जन श्रेष्ठले बताए ।

: शुक्लागण्डकी नगरपालिका–२ हलेदी स्थित पृथ्वी राजमार्गदेखी शिलादेवि मन्दिर सम्मको दौडमा सहभागिहरु ।। तस्बिर : हरि खरेल
प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्धितीय हुनेले ६ हजार र तृतीय हुनेले नगद ४ हजार साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् । क्लबले हरेक बर्ष बार्षिक कार्यक्रममा मिनि म्याराथन दौड आयोजना गर्दै आईरहेको छ ।