दुलेगौंडा । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सवारी दुर्घटना हुदाँ चालक सहित तीन जना व्यक्ति घाईते घएका छन् ।
शनिबार विहान गुणादी स्थित पृथ्वी राजमार्ग सडकखण्डमा ना ५ ख ५३५९ नं को रोकी राखेको अवस्था रहेको बस बसको पछाडी सोही दिशाबाट आउदै गरेको बाग्मती विएसी ५७४० नम्बरको कार बसको पछाडीको भागमा ठोक्किन पुग्दाँ कारमा सवार ३ जना घाईते भएका हुन् । घाईते हुनेमा कार चालक ३१ बर्षिय बिकाश त्रिपाठी, कारमा सवार पोखरा महानगरपालिका–१६ बस्ने ३२ बर्षिय बिकास बानियाँ र ३१ बर्षिय संजिप भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
निज घाईतेहरुको हाल दमौली स्थित रत्नहरी मेमोरियल अस्पताल उपचार भईरहेको छ । घाईतेहरुको अवस्था मध्यम रहेको छ । हाल घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।