दुलेगौडा । चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा तनहुँ जिल्लाबाट ५ हजार ४६२ परीक्षार्थी सहभागी हुदै छन् ।
परीक्षमा साधारण धारतर्फमा ५ हजार २ सय ५१, प्राविधिक धारतर्फ १३३ र ग्रेडवृद्धितर्फ ७८ गरी ५ हजार ४६२ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ ।
एसइइ परीक्षाका लागि तनहुँमा २६ परीक्षा केन्द्र तोकिएको छ । जसमध्य ६ वटा परीक्षा केन्द्र शुक्लागण्डकीमा रहेका छन् ।