दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–१० लोकादिटारमा कालिका देवी आमा समुहले आयोजना गरेको उद्घोषण तथा नेतृत्व विकास तालिम बिहिबार सम्पन्न भएको छ । समापन कार्यक्रम तालिममा सहभागिहरुले नै सञ्चालन गरेका थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले आमा समुहले टोलका सदस्यको नेतृत्व विकासका लागि दिएको तालिम उत्कृष्ट रहेको बताए । हरेक कार्यकमा वडाको मात्रै भर पर्नुपर्छ भन्ने भ्रमलाई आमा समुहले चिरेर अगाडी बढेको बताए । उनले आगामी दिनमा सहकार्य गरेर यस्ता तालिम आयोजना गर्ने प्रतिबद्धा पनि व्यक्त गरे ।
आमा समुहका अध्यक्ष विष्णु रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य विमल राना, प्रशिक्षार्थी प्रेमा सिग्देल खत्री, चित्रबहादुर कुमाल। सबिना खत्री, लजिमा आले, सिर्जना कुमाल र होमकुमारी रानाले विचार व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा धन्यवाद मन्तव्य बुद्धि थापाले राखेकी थिईन भने कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी हिमा थापाले गरेकी थिईन ।
चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालित तालिममा ३९ जना सहभागि रहेका थिए । तालिममा प्रशिक्षकको रुपमा शुक्लागण्डकी एफ.एमका म्यानेजर राजन उपाध्याय, ढोरबाराही एफ.एमका म्यानेजन राजकुमार आले र शुक्ला न्यूजका सम्पादक हरि खरेल रहेका थिए ।