दुलेगौंडा । तनहुँ आइ.टि.एफ तेक्वान्दो संघले जिल्ला भित्रका २४ जना खेलाडीलाई ‘ब्ल्याक बेल्ट’ प्रदान गरेको छ ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले गत फाल्गुन ५ गते पोखरामा ‘ब्ल्याक बेल्ट’ परीक्षा लिएको थियो । परीक्षामा तनहुँका २४ जना खेलाडी उत्र्तिण भएका थिए । जहाँ रिसिङपाटन आइ.टि.एफ तेक्वान्दो दोजाङका ११ खेलाडी, एक्लेखेत आइ.टि.एफ तेक्वान्दो दोजाङ का ७ खेलाडी र भिमाद आइ.टि.एफ तेक्वान्दो दोजाङका ६ जना खेलाडी रहेका थिए । उनिहरुलाई एक कार्यक्रका बिच बेल्ट हस्तान्तरण गरिएको थियो ।
बेल्ट हस्तान्तरण गर्दै शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक (राजु) ले खेलको माध्यमले देशलाई अन्तराष्ट्रिय स्तरमा परिचित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताए । उनले खेलाडीहरुलाई अनुशासित भएर आफ्नो खेल कौशल प्रदर्शन गर्न पनि आग्रह पनि गरे । साथै तेक्वान्दो संघले आयोजना गर्ने कार्यक्रममा नगरपालिकाले पनि साथ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
गण्डकी प्रदेश तेक्वान्दो संघका सदस्य एवम् तनहुँ आइ.टि.एफ तेक्वान्दो संघका उपाध्यक्ष उत्तम थापाको सभापतित्वमा सम्पन्न ब्ल्याक बेल्ट वितरण कार्यक्रममा उपप्रमुख राजु, तेक्वान्दो संघका केन्द्रिय सदस्य आकाश चन्द्र घर्ती मगर, गण्दकी प्रदेश तेक्वान्दो संघका सदस्य विशाल बुढा लगायतको उपस्थिती रहेको थियो ।
तेक्वान्दो संघले ग¥र्याे गोपाल चन्दलाई सम्मान
तनहुँ आइ.टि.एफ तेक्वान्दो संघले तेक्वान्दो खेलाडी साथै प्रशिक्षक गोपाल चन्दलाई सम्मान गरेको छ ।
छोटो समयमा तनहुँ जिल्ला भित्र धेरै तेक्वान्दोका खेलाडी उत्पादन गर्न सफल भएको भन्दै संघले उनलाई सम्मान गरेको हो । पोखरामा भएको ब्ल्याक बेल्ट परीक्षामा चन्दको रिसिङपाटन दोजाङले ११ जना ब्ल्याक बेल्टका खेलाडी उत्पादन गर्न सफल भएको थियो ।
चन्द तनहुँ तेक्वान्दो संघको कोषाध्यक्ष पनि रहेका छन् ।