दुलेगौंडा । तनहुँ जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित पञ्चमुनिदेव माध्यामिक विद्यालयले आगामी बर्षदेखि कक्षा ११ मा होटल व्यवस्थापन र यात्रा पर्यटन विषय थप गर्ने भएको छ ।
होटल व्यवस्थापन र यात्रा पर्यटन विषय प्रविधिसंग केन्द्रित विषय भएको हुनाले यस विषय थप गर्न लागेको विद्यालयका १०२ संयोजक लक्ष्मण पुरीले बताए । विद्यार्थीलाई प्रत्यक्ष व्यवसायिक सीप विकास गर्न यस विषयले महत्वपूर्ण भुमिका निर्वाह गर्ने पुरीको भनाई छ ।
आगामी शैक्षिक शत्रबाट होटल व्यवस्थापन र यात्रा पर्यटन विषय थप गर्ने हुदाँ आवश्यक तयारी गरिरहेको पुरीले बताए । ‘विषय थप गर्न विद्यालय व्ययवस्थापन समितिबाट निर्णय भईसकेको । हामीले पनि आवश्यक तयारी गरिरहेका छौं । केही समय अगाडी मात्रै हामीले कसरी प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छौं भनेर पोखरामा रहेको नेपाल होटल एण्ड टुरीजम म्यानेजमेन्ट कलेज गएर अध्ययन अवलोकन भ्रमण पनि गरिसकेका छौं’ उनले भने ।
पञ्चमुनिमा हाल कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन, पशुविज्ञान, विज्ञान समुहमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयले पछिल्लो समय व्यवसायीक सीप केन्द्रित शिक्षालाई जोड दिदै आईरहेको छ ।