दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कवासेमा रहेको शहिदकृष्ण माध्यमिक विद्यालयको कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने किशोरीहरुका लागि दिइएको आत्मारक्षा तालिम बुधबार सम्पन्न भएको छ । समापनकाे दिनमा कसरी सुरक्षित हुन सकिन भनेर डमाेस्ट्रेसन पनि प्रस्तुत गरेका थिए ।
आर्थिक बार्ष ८०/८१ को लागि विनियोजित बजेटबाट आत्मरक्षा तालिम दिईएको शुक्लागण्डकी ३ का वडाध्यक्ष सचिन भुजेलले बताए । बालिका, किशोरीमाथि हुने दुर्व्यवहारलाई अन्त्य गर्न तालिमले सहयोग पु¥याउने उनको भनाई छ ।
तालिमको मुख्य प्रशिक्षकको रुपमा आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी एवम् तनहुँ आईटिएफ तेकवान्दो संघका सचिव सोमबहादुर गुरुङ रहेका थिए ।