तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज तेस्रो पटक विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दहालले विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांँग्रेससितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जस कारण प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दहरु एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरिसकेका छन् । कुल २ सय ७५ सदस्य रहेको संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १ सय ३८ मतको आवश्यकता पर्छ । यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विपक्षमा मत दिने भएको छ ।