बेलचौतारा। शुक्लागण्डकी विद्युत तथा प्लम्बर सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको हो ।
खेरजाने रगत दान गर्दा कसैको जीवन बच्ने हुदाँ रक्तदान पुण्यको कार्य भएको नगर उपप्रमुख खुमबहादुर विक राजुले बताए । साथै उक्त कार्यक्रममा उपप्रमुख राजुले पनि रगत दान गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
अस्पतालमा हुने रगत अभावलाई कम गर्नका लागि समितिले रक्तदान कार्यक्रम गरेको समितिका अध्यक्ष बालकुमार वाग्लेले बताए । समितिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रहेर रक्तदान कार्यक्रम सञ्चालन गरेको वाग्लेको भनाई छ ।
मंगलबार विहान बेलचौतारामा भएको कार्यक्रममा नेपाल प्रहरी, समाजसेवी र आम सर्वसाधारण नागरिकले रक्तदान गरेका थिए । प्रादेशीक रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।