फिरफिरे । तनहुँको शुक्लागण्डकी–१२ रातामाटाका स्थानीयको प्रमुख समस्या खानेपानीको थियो । बर्षायाममा पानीको समस्या नरहेता पनि हिउँदमा गाउँलेका लागि पानिको जोहो गर्नु मुख्य समस्या रहन्थ्यो । पौवाको मुहानले मात्रै गाउँलेको तिर्खा मेट्न नसकेपछि हाल जामुने–पन्द्रेको मुहान पनि थप गरिएको छ । साथै पानीको संकलनका लागि पानी ट्याङ्की पनि निर्माण गरिएको छ । जसकारण गाउँलेलाई हिउदाँ हुने पानीको समस्या ट¥र्यको छ ।
जनताको आधारभूत आवश्यकता भित्र रहने खानेपानीको समस्या समाधान गर्न पाउदाँ खुसी लागेको नगरप्रमुख कृष्णराज पण्डितले बताए । आफुहरु निर्वाचित भएयता रातामाटा गाउँमा सडक बत्ति जडा लगायत सडक विस्तार र स्तरोन्नतिका लागि महत्वपूर्ण निर्णय गरेको समेत बताए ।
रातामाटा टोल बिकास सस्थाका अध्यक्ष लक्ष्मण गुरुङको सभापतित्वमा सप्पन्न कार्यक्रममा रातामाटा टोल बिकास सस्थाका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, सृजनाशिल आमा समुहका निवर्तमान अध्यक्ष दुर्गाकुमारी राइ, टोलका उपाध्यक्ष डिलमान गुरुङ लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सृजनाशिल आमा समुहकी अध्यक्ष अनिता बि.कले
गरेकी थिईन भने कार्यक्रम संचालन स्थानीय भक्तबहादुर सुनारले गरेका थिए।
जामुने, पन्द्रे, रातामाटा खानेपानी योजना सम्पन्न भएसंगै गाउँका २२ घरधुरी लाभान्वित भएका छन् । ५ लाख लागतमा खानेपानीको योजना सम्पन्न भएको हो । जसमा २५ प्रतिशत स्थानीय जनश्रमदान र ७५ प्रतिशत नगरको लागत साझेदारीमा काम भएको थियो ।