दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवनधमले महाशिवरात्री पर्वको अवसरमा आयोजना गर्न लागेको भजन प्रतियोगिताको लागि आवश्यक तयारी पुरा भएको धाम व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लम्सालले बताएका छन् ।
लम्सालका अनुसार मञ्च व्यवस्थापन, साउण्ड सिस्टम व्यवस्थापन, भक्तजनको बसाई व्यवस्थापन लगायतका मन्दिरमा पुजा गर्न आउने भक्तजनहरुको लाईन व्यवस्थापन, पार्किङ व्यवस्थापन लगायतको तयारी पुरा भएको लम्सालले बताए ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारी रहने् छन् भने भजन प्रतियोगितामा मुख्य निर्णयकको रुपमा प्राध्यापक डाक्टर कुश्माकर न्यौपाने रहने अध्यक्ष लम्सालले बताए । न्यौपानेले भजनको विषयमा पिएचडी सम्मको अध्ययन पुरा गरेकी छिन् । कार्यक्रममा लोकदोहोरी गायक पशुपति शर्मा साथमा लोकदोहोरी गायिका कला लम्साल, लोकदोहोरी गायक सन्तोष अधिकारीको पनि प्रस्तुति रहने छ । कार्यक्रमको सञ्चालन लोकदोहोरी गायक शंकर पन्तले गर्ने छ ।
भजन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद ५१ हजार, द्धितीय हुनेले ३६ हजार, तृतीय हुनेले २१ हजार र सान्तवना हुनेले ५ हजार एक सय साथमा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा सामुहिक ब्रतबन्ध, अखण्ड दिप प्रज्वलन, शिवध्वनी पुजन र विविध धार्मीक अनुष्ठान कार्यक्रम हुने भएको छ । साथै सोहि दिन लोकदोहोरी गायका पशुपति शर्माको संगितकि प्रस्तुति रहनेछ ।
भक्तजनहरुका लागि धार्मिक स्थलको रुपमा विकास भएको च्यवनधाम परिसरमा १०८ धार, १०८ शिबलिङ्ग, १०८ वर पिपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थान लगायतका संरचनाहरु रहेको छ ।