दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-६ मा दलित लक्षित कार्यक्रम अन्तर्गत उद्घाेषण तथा नेतृत्व विकास तालिम सुरू भएको छ ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले सामाजिक विकासका लागि नेतृत्व विकास आवश्यक परेको बताए । उनले समाजमा पछाडि परेका दलित समुदायलाई पनि नेतृत्व तहमा पुर्याउन यस तालिमले महत्त्वपूर्ण भुमिका निवाह गर्ने बताए ।
दलित समुदायको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले तालिमको आयाेजना गरिएको वडा स्तरीय दलित सञ्जालकी अध्यक्ष यामु विश्वकर्माले बताइन् ।
तालिममा वडा भित्रका दलित समुदायको सहभागीता रहेको छ । तालिम १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने छ । तालिममा प्रशिक्षककाे रूपमा हरि खरेल, राजकुमार आले र राजन उपाध्याय रहेका छन् ।