दुलेगौंडा । तेस्रो रिसिङ कप, गण्डकी प्रदेश अन्तर पालिकास्तरीय भलिबल प्रतियोगितामा गल्काेट नगरपालिका प्रथम भएको छ भने शुक्लागण्डकी नगरपालिका द्धितीय भएको छ ।
प्रतियोगिताकाे फाइनल खेलमा गल्काेटले शुक्लागण्डकीलाई ३-१ सेट अन्तरले पराजित गर्दै उपाधि चुमेकाे हाे ।
जितसंगै गल्काेटले भ्याट सहित नगद १ लाख ८७ हजार र द्धितीय हुन सफल शुक्लागण्डकीले भ्याट सहित नगद १ लाख २० हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा बैद्धिकालि गाउँपालिका तृतीय र भिमाद नगरपालिका सान्त्वना भएको छ । तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार र १४ हजार समथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।