दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा रहेको आदर्श विद्या मन्टेश्वरी स्कुलले पाँचौं वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम एक भब्य समारोहका बीच सम्पन्न गरेको छ ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी–८ का वडा सदस्य मानबहादुर क्षेत्रीले सासाना बालबालिकाको नेतृत्व, व्यक्तित्व र क्षमताको विकासका लागि उल्लेखनीय कार्य गरेको बताए । बालबालिका काँचो माटो रहेको हुदाँ विद्यार्थीको क्षमता अनुसार शिक्षकले आफ्नो भुमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
विद्यार्थीहरुको शैक्षिक जग बलियो बनाउने उद्देश्यका साथ मन्टेश्वरी सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऐन्द्रराज सेन ठकुरीले बताए ।
बार्षिकोत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्नुका साथै शिक्षकहरुको पनि नृत्य प्रस्तुत गरेका थिए । साथै शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो ।