दुलेगौंडा । ४२ औँ राष्ट्रिय मगर एकता दिवस देशैभरका मगर समुदायले विविध कार्यक्रम गरी मनाउँदै छन्।
तनहुँमा पनि विभिन्न ठाउँमा विविध कार्यक्रम गरि यो दिवस मनाईदै छ । जिल्लाका ८ वटा पलिकाहरुले पनि मगर एकता दिवस मनाउनका निम्ति सार्वजनिक विदा पनि दिएका छन् । जस अन्र्तगर्त शुक्लागण्डकी, भिमाद र भानु नगरपालिका तथा घिरिङ, ऋषिङ, म्याग्दे, देवघाट, बन्दीपुर गाउँपालिकाले रहेका छन् । तर दिवसको अवसरमा जिल्लाको आबुँखैरेनी गाउँपालिका र व्यास नगरपालिकाले भने सार्वजनिक विदा दिएको छैन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसङ्ख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसङ्ख्याको ६ दशमलव ९ प्रतिशत हो ।