दुलेगौंडा। हरेक बर्ष फागुन १५ गतेलाई राष्ट्रिय मगर एकता दिवसको रुपमा मनाईन्छ । यस बर्ष पनि ४२ औं राष्ट्रिय मगर एकता दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । सोही दिवसको अवसर पारेर तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाले पनि सार्वजनिक विदा दिएको छ ।
शुक्लागण्डकी नगपालिकामा मगर समुदायको बाहुल्यता रहेको छ । मंगलबार नगरपालिका, नगरपालिका अन्तर्गतका वडाहरु, सामुदायिक तथा निजी विद्यालय, स्वास्थ्य संस्था र अन्य संघ संस्थाहरुमा विदा हुने उल्लेख छ ।